विहान मर्निङ वाक नगरौ

चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं ।

बालबालिकालाई चिसोबाट यसरी बचाऔं

चिसोबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुन्छन । चिसोका कारण धेरै बालबालिकाहरुको ज्यान गएको समाचारहरु हामीले थाहा पाउदै आएका छौ । त्यसकारण सूर्योदय हुनु अघि बालबिलकाहरुलाई घरबाहिर निस्कन नदिऔ । घाम लागि सकेपछि मात्र उनीहरुलाई बाहिर निस्कन दिनु उपयुक्त हुन्छ । चिसोको मौषममा दिउसो पनि बालबालिकाहरुलाई न्यानो लुगा, टोपी, पन्जा, मुखमा मास्क र जिरो पावरवाला चश्मा लगाएर मात्र सार्वजनिक स्थानमा जानु दिऔ । बालबालिकाहरुलाई तातो पानी खान दिऔं ।

खानेकुरामा ध्यान दिऔं

भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चीनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट यसरी बचौ ।आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं । दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ । दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ । सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं । दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।