मंसिर २६, २०७४ प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा धमाधम आउँदै गर्दा बाम गठबन्धनले स्पष्ट बहुमत पाउने देखिएपछि अब प्रदेशको मख्यमन्त्री को होला भन्न सर्वत्र चासो हुन थालेको छ ।पुर्वका १४ जिल्ला समेटिएको प्रदेश १ मा पनि वाम गठबन्धनको बहुमत आएपछि मुख्यमन्त्री को बन्लान् भन्ने सर्वत्र चासो बढेको छ ।

प्रदेशसभामा जित हासिल गरेका प्रभावशाली नताहरुले मुख्यमन्त्री बन्ने दौड थालेका छन् ।प्रदेश नं १ को मुख्यमन्त्री मा एमाले सचिव तथा प्रदेश नं। १ संयोजक भीम आचार्या र एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईको नाम चर्चामा छ ।

गृहजिल्ला सुनसरी भएका आचार्य र भोजपुरका राई दुवै पुर्वमन्त्री हुन् ।दुवैले आ आफ्नो क्षेत्रबाट प्रदेशसभा निर्वाचनमा जित हासिल गरेका छन् ।यधपि आचचार्यले औपचारिक रुपमा मुख्यमन्त्रीको दावी गरेको अभिब्यक्ति दिएका छैनन् । राईले भने चुनाव अघिदेखि नै सञ्चारमाध्यमबाट आफुलाई मुख्यमन्त्रीका दाबेदारका रुपमा प्रस्तुत गरिसकेका छन् ।उनका समर्थकहरुले पनि मुख्यमन्त्री बनाउनुपर्ने सामाजिक सञ्जालहरुमा माग उठाईरहेका छन् । यो खबर आजको नागरिकमा छ ।