हेटौँडा,२६ मंसिर,
गत मंसिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको प्रतक्ष तर्फको निर्वाचन परिणाम मकवानपुरमा सार्वजनिक भैसकेको छ । मकवानपुरले प्रतिनिसधसभा र प्रदेशसभामा गरि ६ जना सांसदहरु पाएको छ ।
यो पटकको निर्वाचन नेपालको लागि नयाँ र विषेश महत्वको रहेको छ । कारण संघिय गणतन्त्र नेपालको पहिलो आम निर्वाचन र प्रदेशको सुरुवात अर्थात जगको रुपमा यो निर्वाचनलाई हेरिएको छ ।
यो पटक मुलुकभर निर्वाचनको अप्रत्यासित नतिजाहरु आएको छ । अझ भन्ने हो भने नेपाली कांग्रेसको लागि यो निर्वाचन निकै स्मरणयोग्य हुने छ । कांग्रेुस हाँकेर बसेका करिब ९० प्रतिशत हस्तिहरु संसदीय फाँटबार बाहिर बन्नु परेको छ ।
मकवानपुर पनि यो निर्वाचनमा राष्ट्रिय चासो र चर्चाको विषय बन्यो । कारण थियो राप्रपाका अध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री कमल थापा र कृष्ण दाहालको भिडन्त ।
दाहाल र थापाको भिडन्त यसअघि पनि तीन पटक भैसकेको हो । तर यो पटकको भिडन्त भने निकै रोचक तथा चर्चाको विषय बन्यो । नेपालका ठुला तथा चर्चित मिडियाहरुको नजर मकवानपुररितर सोझीएको थियो । १० पटक मुलुकको मन्त्री भैसकेका, कट्टर हिन्दु र राजावादीको पहिचान बनाएका थापाले सहजै जित्ने अनुमान मकवानपुर बाहिरका नागरिक तथा नेपालका केहि ठुला मिडियाले समेत विश्लेषण गरेका थिए ।
तर मकवानपुरभित्र दाहाल र थापाको लडाईमा दाहालले बाजि मार्ने अड्कल गरिएकै हो । तर दाहाललाई यो पटक निर्वाचन जित्न फलामको चिउरा चपाउनु पर्छ भन्ने पनि एकाथरिको तर्क थियो । उनीहरु कमल थापा पछिल्लो समय राष्ट्रिय ब्यक्तित्व भएको, हिन्दुवादीहरु सबैको सर्मथन मिलेको अनि सरकारको उपप्रधानमन्त्री समेत रहेकोले उनको अगाडी दाहाललाई सानो सम्झने प्रयास समेत लोकतान्त्रिक गठवन्धनले गरेको पाईएको थियो ।
खबरब्रेक युनिटले राप्रपाका केहि ब्यक्तिहरु जो जिल्लाको नेतृत्वमा रहेका थिए उनीहरुसँगको संवादमा पनि थापाको जित निश्चित भएको र कारण उनको राष्ट्रिय छवि भन्ने थियो । तर मकवानपुरका जनताले राप्रपा सहित लोकतान्त्रिक गठवन्धनको उक्त विश्लेषणलाई फेल बनाईदिए । कमल थापालाई तीन पटक हराएर ह्याट्रिक गर्ने सोच बोकेका दाहाल यो पटक मकवानपुरको “म्यान अफ द इलेक्सन” बने ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।