file photo

मंसिर २५, २०७४ पाकिस्तानको दक्षिणपश्चिमी सहर बालोचिस्तानमा झण्डै तीन सय तालिबान लडाकूहरुले शनिबार सरकारसमक्ष आत्मसमर्पण गरेका छन् ।  प्रतिबन्धित उक्त समूहका १७ जना कमाण्डरले समेत आत्मसमर्पण गरेको पाकिस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो प्रान्तको राजधानी क्वेटामा आयोजित एक समारोहमा ती लडाकूहरुले आत्मसमर्पण गरेको बताइएको छ ।  बालोचिस्तान प्रान्तका मुख्यमन्त्री नवाब सानाउल्लाह खान जेह्रीले प्रान्तभरि कानुनी शासनको अवस्थामा सुधारहुदै गएको बताएका छन् । यसअघि गत अगष्ट २२ मा पनि प्रतिबन्धित बालोच लिबरेसन आर्मीले सरकारी सुरक्षा निकायसामु आत्मसमर्पण गरेको थियो । [एजेन्सी]