मंसिर २६,एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ थाइल्यान्डमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सोमबार घरेलु टोलीलाई हराएको नेपालले मंगलबार हङकङलाई ४ विकेटले पराजित गरेको हो ।
खेलमा टस जितर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित् ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो ।हङकङलाई सस्तैमा समेट्नेक्रममा नेपालका प्रतिस जिसीले ३ तथा अजयकुमार लोनियाले २ विकेट लिए ।
जवाफमा ८३ रनको सामान्य चुनौती नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।नेपालका लागि त्रिर्थराज दासले सर्वाधिक २७ रनको योगदान गरे ।समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बिहीबार म्यानमारसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।