
२६ मंसिर,एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ। आफ्ना ग्रहकहरुलाई थप सेवा दिने उद्देश्यका साथ एनसेलले यो सेवा सुरु गरेको हो।
एनसेल एप डाउनलोड गरेर पनि अनलाइन रिचार्ज सेवा लिन सकिनेछ। त्यस्तैगरी वेबसाइटमा गई डेबिट र क्रेडिट कार्ड रिचार्ज छनोट गरी मोबाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड भरेर रिचार्ज गर्न सकिने व्यवस्था छ।
एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज गर्न पनि सक्नेछन्। एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियन पेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी प्रिपेड मोवाइलमा रिचार्ज गर्न र पोस्टपेडको बिल भुक्तानी गर्न सक्ने सुविधा पनि छ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।