हेटौँडा,२५ मंसिर
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको समानुपातिक तर्फबको मतगणना मकवानपुरमा पनि जारी छ । आजबाट सुरु भएको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । सोमबार साँझ ६ बजेसम्मको मत परिणाम अनुसार
प्रतिनिधि सभा १ मा ६२७७ मत गणना हुँदा नेकपा एमालेले १७४३, नेपाली कांग्रेसले १२७३, माओवादी केन्द्रले ८४४ र राप्रपाको १४३१ मत प्राप्त गरेका छन्
१ को प्रदेश १ मा ३८७३ गणना हुँदा एमालेले ९७६, कांग्रेस ७३०, माओवादी केन्द्र ७५७, राप्रपा ७७०, विवेकशीलको ६६ रहेको छ ।
प्रदेश २ मा कांग्रेस ५३९, एमाले ५५८, माओवादी केन्द्र १८२, राप्रपा ५४६, तराजु १२५ रहेको छ ।
प्रतिनिधिसभा २ मा ४१९१ गणना हुँदा कांग्रेसले ९८२, एमालेले १७५७, माओवादी केन्द्रले ३४३, राप्र्र्रपाले ३४० मत ल्याएको छ ।
समग्रमा मकवानपुरको प्रतिनिधिसभाको हालसम्मको परिणाम यसप्रकार रहेको छ
एमाले ३५००
कांग्रेस २२५५
राप्रपा १७७१
माओवादी केन्द्र ११८७
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।