हेटौँडा,२५ मंसिर,
प्रतक्षको मतगणना अन्तिममा पुगेको समयमा अव सबै राजनीतिक दलहरुको ध्यान भनेसमानुपातिकतर्फको मतगणनामा गएको छ ।

समानुपातिक मतगणना जारी जारी रहेका जिल्लामा मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, गोरखा, बाग्लुङ, पाल्पा,रोल्पा, दाङ, रुुकम पश्चिम, कालिकोट, जाजरकोट, हुम्ला, दैलेख, वैतडी र दार्चुलाको पछिल्लो विवरण अनुसार, १० हजारभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुमा नेकपा (एमाले), ३,२८,६२८ मत प्राप्त गर्दै प्रथम स्थानमा कायम रहेको छ ।
दोश्रोमा नेपाली कांग्रेस ३,२६,६७४, नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका दलहरु १,६०,११६, राष्ट्रिय जनता पार्टी नेपाल २४,८४०, विवेकशील साझा पार्टी १६,२२३, राष्ट्रिय प्रजातन्त्र पार्टी १४,०६०, संघीय समाजवादी फोरम नेपाल १३,८७९ र नयाँ शक्ति पार्टीले १०,६३४ मत प्राप्त गरेका छन् ।