गोरखा क्षेत्र नम्बर २ का विजयी उम्मेदवार नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईले सबै नेपालीको घर नबनेसम्म आफू डेरामा नै बस्ने घोषणा गरेका छन् ।उनले प्रत्येक महिना जनताको समस्या बुझ्न गोरखा आउने घोषणा पनि गरे ।आफू निर्वाचित भएको क्षेत्र र गोरखाको विकासका लागि आफूले अग्रसरता लिने उनले बताए ।
उनले भने, सबै नेपालीको घर नबनेसम्म म डेरामै बस्छु, मेरो डेरा तपाइँहरुलाई २४सै घण्टा खुला छ ।आफ्नो सुरक्षामा खटिएका सुरक्षकर्मीलाई उनले गोरखाबाट जो आए पनि रोकतोक नगर्न सभाबाटै निर्देशन दिए । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।