प्रायः महिलाहरुले सुन्दरताको लागि प्रयोग गर्ने लिपस्टिक ९लाली०काबारे धेरै तथ्य कमैलाई थाहा हुन सक्छ ।आजभन्दा पाँच हजार वर्ष पहिलेदेखि लिपिस्टिक लगाउने परम्पराको सुरुआत भएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।त्यस समयमा लिपिस्टिक सुन्दरताको लागि नभइ विवाह गरेका महिलाहरुलेमात्र समाजमा आफ्नो पहिचानको लागि लगाउने गर्दथे । सम्पति, इज्जत र प्रतिष्ठाअनुसार पुरुषहरुले पनि लिपस्टिक लगाउने गदर्थे ।पुरुषहरुले विशेषगरी आँखा र निधारमा विभिन्न आकृति बनाइ लिपस्टिक लगाउने गर्दथे भने महिलाहरुले ओठमा लगाउँथे ।‘मेसोपोटामियाको’ सभ्यताबाट सुरु भएको लिपस्टिक परम्पराको थालनी गर्ने श्रेय भने इजिप्टको महारानी क्लियोपेट्रालाई बढी दिइन्छ । महिलाहरुले आफ्नो सुन्दरता देखाउन लिपस्टिकअनिवार्य हुन्छ भन्ने धारणा उनैले स्थापित गरेकी थिइन् ।महारानि क्लियोपेट्राले लगाउने लिपिस्टिक कारकाइन बिटल अर्थात् गोब्रेकिरा र कमिलालाई मारेर बनाइएको प्राकृतिक रङबाट बन्ने गर्दथ्यो । यस्तो रङ रातो गाढा हुने गर्दछ । त्यतिखेर लिपस्टिक लगाउनाले बिहानको खाना खाइसकेको संकेतकोरुपमा बुझिन्थ्यो ।त्यस्तै, महिलाहरुले कालो रङको लिपस्टिक लगाउनुको अर्थ कसैसँग नबोल्ने भन्ने संकेतकोरुपमा बुझिन्थ्यो ।म्यानचेस्टर विश्वविद्यालयको अध्ययनअनुसार एक महिलाले सरदर आफ्नो जीवनकालभरि दुई लाख रुपैयाँ बराबरको लिपस्टिक किन्छन् । त्यस्तै, एक महिलाले एकपटकमा लिपस्टिक लगाउन सरदर सात सेकेन्डको समय खर्च गर्छन् ।संसारको सबैभन्दा महँगो ‘गुएरलैन्स किसकिस गोल्ड’ नाम गरेको लिपस्टिकको नेपाली मूल्य करिब ६२ लाख रुपैयाँ छ । यसमा ११० ग्राम सुन र १९९ ओटा हिरा राखेर बनाइएको छ ।अमेरिकामा सन् १९१२ मा महिलावादी एलिथावेथ क्याडिर र उनका साथीहरुले निर्वाचनमा महिला उम्मेदवारलाई जिताउन पहिलोपटक ‘लिपस्टिक आन्दोलन’को सुरुआत गरेका थिए । जुन अहिले पनि ‘नेसनल लिपस्टिक डे’कोरुपमा मनाइने गरिन्छ ।संसारका ७० प्रतिशत महिलाहरु लिपस्टिक नलगाइ कुनै कार्यक्रममा उपस्थित हुँदैनन् ।अहिले बन्ने गरेका गुणस्तरीय लिपस्टिकमा पनि विभिन्न प्रकारका किराहरुलाई मारेर उनीहरुको शरीरबाट निस्कने प्राकृतिक रङहरु मिसाइन्छ । जसमा सबैभन्दा बढी माछाको प्रयोग हुन्छ । [एजेन्सी]