२५ मंसिर,म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। नेपाली समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणमा आएका उनलाई सेनाले सलामीसहित उच्च सम्मान दिएको छ।

 

म्यानमार अहिले उत्तरी राखिन राज्यमा रहेका रोहिंगा जातिका नागरिक मुलुक छाडेर हिँड्न बाध्य पारिएका कारण विश्वभर आलोचित छ।परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार मिन लुम्बिनी दर्शन र माउन्टेन्ड फ्लाइटको निहुँ पारेर नेपाल आएका हुन्। ती अधिकारीका अनुसार उनको भ्रमणलाई परराष्ट्रले औपचारिक बनाएको छ भने भेटघाट व्यवस्थापनको जिम्मा सेनाले नै लिएको छ।

मिनले प्रधानसेनापति क्षत्रीसँग दुईपक्षीय छलफल गरिसकेका  छन्।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलेका अनुसार सशस्त्र द्वन्द्वपश्चात् तत्कालीन लडाकुहरूको नेपाली सेनामा भएको सफल समायोजन, नेपालको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पुर्याएको योगदानलगायत विषयमा मिनले जानकारी लिने कार्यक्रम छ।