२५ मंसिर । इंग्लिस प्रिमियर लिग अन्र्तगत आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई हराउँदै सिटी विजयी भएको छ । युनाइटेडको मैदानमा भएको खेलमा सिटी २(१ ले विजयी भएको हो ।खेलको ४३ औं मिनेटमा डेभिड सिल्भाको गोलमार्फत सिटी खेलमा अग्रता लिन सफल भएको थियो । तर त्यसको ५ मिनेटमै युनाइटेडका रासफुर्डले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए ।
त्यस्तै ५४ औं मिनेटमा ओटामेन्डिको प्रहारमार्फत सिटी पुनस् अग्रता लिन सफल भएको हो । पहिलो हाफ रक्षात्मक खेले पनि गोल खाएपछि युनाइटेड पनि आक्रमक रुपमा प्रस्तुत भयो तर थप गोल भने गर्न सकेन ।

यस नजितासँगै सिटी अंकतालिकाको शीर्ष स्थानमा ११ अंकले अगाडि रहेको छ । १६ खेलमा सिटीको ४६ अंक रहेको छ भने उत्तिकै खेल खेलेको दोस्रोमा रहेको युनाइटेडको ३५ अंक रहेको छ ।आइतबार राति नै भएको अर्को खेलमा लिभरपुल र एभर्टनले बराबरी खेलको छन् । लिभरपुलको मैदानमा भएको खेलको ४२ औं मिनेटमा महोम्मद सलाहले गोल गर्दै लिभरलाई अग्रता दिलाएका थिए ।
तर ७७ मिनेटमा पाएको पेनाल्टीलाई वायन रुनीले सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल अवधिभर बल नियन्त्रणमा राखेको लिभरपुलले केही राम्रा अवसर गुमाएको थियो ।
१६ खेलबाट ३० अंक जोडेको लिभरपुल अंक तालिकाको चौथो स्थानमा छ । समान खेलबाट १९ अंक जोडेको एभर्टन दशौं स्थानमा छ ।