प्रतिनिधिसभा तथा प्रदेशसभामा मकवानपुरबाट विजयी भएका वाम गठवन्धनका उम्मेद्वारहरु । तस्बिर : खबरब्रेक

हेटौँडा,२५ मंसिर,
सदाबाहार मन्त्री भैरहने कमल थापा मकवानपुरबाट पराजित भएपछि यतिवेला मकवानपुरको सन्र्दभमा सामजिक सञ्जाल फेसबुक र टुईटरमा ठुलो बहस सिर्जना भएको छ । त्यो सवाल हो सदाबाहर मन्त्री थापा पराजित भएपछि अब को बन्छ त मकवानपुरबाट मन्त्री ?

मकवानपुरको सन्र्दभमा इतिँहासबाटै वाम वर्चश्व रहँदै आएको छ । यहा बहुदलको स्थापना भएपछिका सबै निर्वाचनहरुमा वामपन्थीले नजितेको कुनै इतिहाँस छैन् । दुई वटा क्षेत्र, ३ वटा क्षेत्र चार वटा क्षेत्र हुँदै हाल प्रतिनिधि र प्रदेशसभाको ६ वटा क्षेत्रमा सधै वाम वर्चश्व रहदै आएको छ । २०४८ मा एमालेले क्लिन स्विप गरेको मकवानपुरका २०५१ मा एक क्षेत्र गुमाएको थियो । तर सोहि गुमाएको क्षेत्र जितेका कमल थापा पटक पटक मन्त्री बने भने एमालेले मन्त्री पाउन सकेन् ।

२०५६ सालमा पुन एमालेले जिल्ला कब्जा गर्यो । मकवानपुरेले यो पटक चै एमालेबाट कोहि मन्त्री पाउला भन्ने ठुलो आश गर्यो तर त्यो पनि निराशामा परिणत भयो ।
१० वर्षको शसस्त्र युद्धबाट संसदीय राजनीतिमा आएको तात्कालीन माओवादीले २०६४ मा पहिलो संविधासभामा जिल्लाको सबै ४ क्षेत्रमा विजय हाँसिल गर्यो । तर त्यसबेला पनि सरकारमा भने पहुँच राख्न सकेन । २०७० सालमा भएको दोश्रो संविधानसभामा जिल्लाको चार मध्ये ३ वटामा एमाले विजयी भन्दा एमाले पराजय भएको स्थानमा कांग्रेस विजयी भयो । तर त्यस पटक तिन स्थान जितेको एमाले भन्दा एक स्थान जितेको कांग्रेस नेता दुई पटकसम्म राज्यमन्त्री बने तर एमालेले फेरि पनि मकवानपुरलाई सम्झेन ।

मंसिर २१ गते सम्पन्न आम निर्वाचनपुर्व हुने हरेक आमसभामा लोकतान्त्रिक गठवन्धनका कमल थापा र इन्द्र बाँनीयाले एमालेको सोहि कमजोर पक्षलाई खुबै चर्चाको विषय बनाए । हामी जिते मन्त्री, उनीहरु जिते माननीय मात्र भन्दै एमाले मकवानपुरलाई ठुलै ब्याङ्ग्य समेत गरे ।

अझ एक पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष थापाले त आफु मात्र मकवानपुरको अविभावक र हालसम्म सबैभन्दा उच्च तहमा पुगेको ब्यक्ति भएको, आफ्नो जीवनकालमा अरु आफु भन्दा माथि पुग्ने हैसियतमा नरहेको सावर्जनिक मन्तब्यनै दिएका थिए ।

एमाले मकवानपुरको कार्यकर्ताहरु पनि पटक पटक सांसद जितेर पठाउँदा समेत केन्द्रले एक पटकसम्म मन्त्री नपत्याएको भन्दै निराश रहेका छन् । उनीहरुले यो पटक मकवानपुरले पनि मन्त्री पाउने विश्वास ब्यक्त गरेका छन् । वाम गठवन्धनको सरकार निश्चित भैसकेको अवस्थामा मकवानपुरले केन्द्र र प्रदेशसभामा दुवैतर्फ मन्त्री पाउनुपर्ने जोड उनीहरुको रहने छ ।