मंसिर २५ । बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । लण्डनको वेल्समा ३० सेन्टिमिटरसम्म हिउँ जम्दा यातायात सेवा अवरुद्ध बनेको छ ।अधिकांश सडकमा हिउँ जमेकाले सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । सडकमा जमेको हिउँ पन्छाउन सयौं उद्धारकर्मी परिचालन गरिएको छ ।बेलायतमा बर्षेनी हुने हिमपातका कारण जनजीवन अस्तब्यस्त हुने गर्दछ ।[एजेन्सी]