२५ मंसिर, स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले २-० ले जितेको हो ।बार्सिलोनाको जितमा लिओनल मेसी र लुईस सुआरेजले एक एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भिल्लारियल खेलको ६०औ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो । भिल्लारियलका मिडफिल्डर ड्यानियल राबा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
भिल्लारियल १० खेलाडीमा सीमित भएपछि बार्सिलोना खेलमा हावी भयो । स्वरेजले खेलको ७२औ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए भने मेसीले खेलको ८३औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।लिगमा १५ खेलपछि बार्सिलोना ३९ अंक जोड्दै शीर्ष स्थानमा छ भने भ्यालेन्सिया ३४ अंकसहित दोसोर स्थानमा रहेको छ । त्यस्तै तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३३ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।