हेटौँडामा भएको पत्रकार सम्मेलमा बोल्दै पुर्व सांसद राजाराम स्याङ्तान : तस्बिर अनिश चौलागाँई/खबरब्रेक

हेटौँडा,२५ मंसिर,
मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा(ख) का वाम उम्मेद्वार राजाराम स्याङ्तानले आफुले हारेपनि मुलुकभर आफुहरुको नीतिको जित भएको बताएका छन् ।
आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि पुर्व सांसद स्याङ्तानले आफ्नो हारबाट कार्यकर्तालाई विचलित नहुन आग्रह समेत गरेका छन् । आफुले हार्नु प्राविधिक विषय भएको बताउँदै उनले आफ्नो हारबाट विचलित नभै समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय हुनको लागि सबै कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले उनले नेपालको हितको लागि वाम गठवन्धनको नयाँ सरकारले महत्वपूर्ण काम गर्ने बताउँदै प्रतिनिधिसभा तथा स्थानीय तहमा विजयी भएका उम्मेद्वारहरुले काम गर्ने बताए ।
चुनावमा विपक्षी उम्मेद्वारहरुले पश्चिम मकवानपुरका जनतालाई विभिन्न आशा देखाएको भन्दै उनले भने ः अनावश्यक आश्वसन दिएर झुटको खेती गरेका लोकतान्त्रिकका विजयी उम्मेद्वार भन्न चाहान्छु, अव के गर्छन हेर्नु छ ।
गरिवका छोराछोरीलाई देशमानै रोजगारी सृजना गर्छु भन्न छोडेर अमेरिका, अष्ट्रेलिया, जापान लगाएतको देशमा निशुल्क पठाउँछु भन्दै ढाँडेर चुनाव जितेका उनले अव के गर्छन हेर्न बाँकी रहेको उनको भनाई रहेको छ ।