हेटौँडा,२४ मंसिर,
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २(ख) मा लोकतान्त्रिक गठवन्धनसँग पराजित भएका वाम उम्मेद्वार राजाराम स्याङ्तानले हारबाट आफु बिचलिन नभएको बताएका छन् ।
हेटौँडाको सिमा चोकमा आज भएको विजयी सभामा बोल्दै स्याङ्तानले राजनीतिमा हारजित सामान्य र सत्य कुरा भएको भन्दै आफु यसबाट बिचलित नहुने बताए ।
छोटो भाषण गरेका उने अधिकांश समय आफुलाई दिएको मतको सम्मान गर्छु भन्दै अब पहिलेको भन्दा दोब्बर समय राजनीतिको सेवामा आफुलाई समर्पित गर्ने बताए ।
उनले जनतालाई दिएका हरेक वाचा आफ्नो सरकार तथा जनप्रतिनिधि मार्फत पुरा गर्ने भन्दै कार्यकर्तालाई समेत विचलित नहुन निर्देशन दिएपछि सभामा उनको पक्षमा तालि सहित हुटिङ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।