हेटौँडा,२४ मंसिर,
प्रतिनिधिसभा निर्वाचन अन्र्तगत आइतबार विहान सम्पन्न मतगणनामा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ मा वाम गठवन्धनको तर्फबाट एमालेका उम्मेद्वार बिरोध खतिवडाले बिराट जित हाँसिल गरेका छन् ।
उनले १२ हजार ६८ मतले लोकतान्त्रिक गठवन्धनको तर्फबाट कांग्रेसकी केन्द्रीय सदस्य डिना उपाध्यायलाई पराजित गरेका हुन् । विजय हुने क्रममा खतिवडाको ४४ हजार ७ सय ४४ मत प्राप्त हुँदा उपाध्ययले ३२ हजार ६ सय ५८ मत मात्र आएको छ । खतिवडाले पनि यस अघि डिना उपाध्ययलाई पराजित गरिसकेको थिए ।