एजेन्सी, विश्वमा हरेक समय एउटा न एउटा अनौठो घटनाहरु सार्वजनिक हुने गरेका छन् । यसै क्रममा एिक अनौठो घटना सार्वजनिक भएको छ, जुन थाहा पाउँदा आश्चर्य मान्नुको विकल्प हुने छैन ।
एक जना व्यक्तिले जिउका भित्री वस्त्रसँग के त्यस्तो गर्दा रहेछन् की पत्नीले उनीसँग डिभोर्स नै गर्ने फैसला गरिन् ।समाचार अनुसार अन्डरवेयरलाई गलत तरिकाले धोएको निहुँलाई लिएर विवाद यति बढ्यो कि मामिला डिभोर्ससम्म पुग्यो ।घटना विश्वासै गर्न गाह्रोपर्ने जस्तो छ ।
तर महिला आफैले सोसल मिडियामा शेयर गरिसकेपछि विश्वास गर्नैपर्यो । ती महिलाका अनुसार उनका लोग्नेले अल्छी नमानीकन दुबैजनाका कपडा धुने गर्दा रहेछन् ।
लोग्नेको यस्तो सहयोगी बानी सुरुमा त ती महिलालाई निकै मन पर्यो । उनले लोग्नेको प्रसंसा खुबै गर्थिन् । तर जब उनका पतिले भित्री वस्त्र समेत वासिङ मेसिनमा हालेर धुन थाले तब विवाद सुरु भयो ।
भित्री वस्त्रलाई वासिङ मेसिनमा हालेर धुनाले लुगा छिटै फाट्ने भन्दै उनले लोग्नेलाई भित्री वस्त्रहरु धुनका लागि मेसिनमा नहाल्न भनिन् ।
हातैले धुनुपर्ने भनेर प्रष्ट रुपमा ट्यागमा लेखेका भित्री वस्त्रसमेत आफ्नो लोग्नेले वासिङ मेसिनमा हालेर धुन थालेपछि उनको रिसको पारो तात्यो । उनले लोग्नेलाई धेरै सम्झाइन् त्यसो नगर्नका लागि । तर उनका पति मान्नेवाला थिएनन् । जसका कारण उनले आफ्ना लोग्नेसँग डिभोर्स गर्ने निधो गरिन् ।
दश वर्षअघि बिहे गरेकी उनले ब्रा तथा पेन्टी धुने विवादका कारण लोग्नेसँग डिभोर्स गर्ने निर्णय गरेको कुरा सोसल मिडिया मम्स नेटमा सार्वजनिक गरेपछि त्यसले ठूलै बहसको सिर्जना गरेको छ ।
कतिपयले उनले ठिकै गरेको भनेका छन् भने कतिपयले चर्को आलोचना गरेका छन् । ती महिलाले आफ्नो नामचाहीँ खुलाएकी छैनिन् ।
नयाँपेजबाट साभार
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।