२४ मंसिर,झापा– नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला झापा क्षेत्र नं ३ मा पराजित भएका छन् । वाम गठबन्धनले समर्थन गरेका राप्रपा महामन्त्री राजेन्द्र लिङदेनले सिटौलालाई १३ हजार ४ सय ५५ मतले पछि पार्दै जीत हासिल गरेका हुन् ।
सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले३१ हजार १ ५९ मत ल्याए भने वाम गठबन्धनको समर्थन पाएका लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याए।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।