२४ मंसिर,नेपाली काँग्रेसको सहकार्यमा गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नया शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले जनताले लामो संक्रमणकालपछि स्थिर सरकार खोजेकोले जनमत वाम गठबन्धनको पक्षमा गएको बताएका छन् ।

विजयी हासिल गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिदै भट्टराईले काग्रेससंग चुनावमा मात्र तालमेल गरेकाले त्यो तालमेल चुनाव सकिएसगै सकिएको बताएका छन् । उनले मुद्धाका आधारमा जो कोहीसग सहकार्य हुन सक्ने स्पष्ट पारे ।

”वर्तमान शासकीय प्रणालीले स्थिरता नदिने खतरा हुन्थ्यो। त्यसैले गठबन्धनबाट स्थिरता आउँछ कि भनेर जनताले दुईवटा पुराना शक्तिहरु मध्ये एउटालाई अवसर दिनु स्वाभाविक नै हो” उनले भने । उनले अहिलेको निर्वाचनमा आफुहरुको लक्ष्य राष्ट्रिय पार्टी बन्ने रहेको बताउदै संसदमा सकरात्मक भूमिका खेल्ने स्पष्ट पारे ।