अष्ट्रेलिया जाने विद्यार्थीलाई सहज होस भन्ने उदेश्यको साथमा मकवानपुरको हेटौँडामा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको शाखा खुलेको छ । आज हेटौँडा ४ पारिजातपथमा रहेको कार्यालयको औपचारिक शुभारम्भ भएको हो । २५ हजार भन्दा बढि नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउन सफल भरपर्दो परामर्श केन्द्र एक्सपर्टको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज शुभारम्भ गरेका हुन् । यो संगै एक्सपर्टको २५ औं शाखा विस्तार भएको छ । कार्यक्रममा मेयर महतले विद्यार्थीलाई सहि सत्यतथ्य जानकारी दिएर मात्र विदेको शिक्षाको लागि अग्रसर गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै मकवानपुरका जिल्ला शिक्षा अधिकारी बद्री भट्टराईले सस्थाले राम्रो काम गर्दै गए विद्यार्थीहरुको लागि निकै फाईदा हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रम एक्सपर्ट हेटौँडाका निर्देशक घननाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहाल, नविन सिग्देललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा एक्सपर्ट हेटौंडाका

यसैबीच शाखा कार्यालय समुद्घाटन समारोहको अवसरमै आज सेमीनार समेत आयोजना गरिएको छ । सेमीनारमा एक्सपर्ट अष्ट्रेलियाका सिईओ सन्जिव शर्माले अष्ट्रेलियाको शिक्षा र एक्सपर्टको विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।