हेटौँडा,२३ मंसिर,
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ मा बिरोध खतिवडाले फराकिलो अग्रता हाँसील गरेका छन् । वाम उम्मेद्वार खतिवडाले लोकतान्त्रिक उम्मेद्वार डिना उपाध्ययलाई फराकिलो अग्रताले पछि पारेका हुन् ।
ताजा मतपरिणाम अनुसार खतिवडाले १६१६० मत प्राप्त गर्दा उपाध्ययले १२ हजार ५३ मत मात्र प्राप्त गरेकि छिन् । बिरोध खतिवडाले सुरुवातबाटनै उपाध्ययलाई अगाडी बढन दिएका छैनन् ।
एमालेका केन्द्रीय सदस्य तथा कांग्रेसकी केन्द्रीय सदस्य उपाध्ययको निर्वाचन क्षेत्रमा वाम गठवन्धन बलियो रहेको आँकलन गरिदै आएको थियो । परिणाम पनि सोहि अनुसारको आएको छ।