

हेटौँडा,२३ मंसिर
मकवानपुरको हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत परिणामा आउने क्रम जारी रहेको छ । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा(क) को भिडन्त रोचक बन्दै गएको छ ।
पछिल्लो मत परिणामा अनुसार वाम गठवन्धनका प्रेमबहादुर पुलामीले लोकतान्त्रिक गठवन्धनका धर्म लामिछानेलाई पछि पारेका छन् । ताजा मत परिणाम अनुसार पुलामीले ६ हजार १ सय ६मत प्राप्त गर्दा लामिछानेले १५ हजार ५सय ९९ मत प्राप्त गरेका छन् ।
लामिछाने र पुलामी निर्वाचनको नतिजामा अघिपछि भैरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।