गोपाल शर्मा भट्टराई दाङ । वाम गठबन्धको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क)को प्रदेश सभामा विजयी भएका छन । पोख्रेलले आफना प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार कमल किशोर घिमिरे लाई झण्डै ९ हजार मतान्तरर ले जित निकालेका हुन ।
यद्यपी निर्वाचन अधिकृतको कार्यालयले भने घोषण गर्न बाँकी छ । २ (क)को मतगणनाको अन्तिम परिनाम अनुसार पोख्रेलले २० हजार ४ सय ९४ मत पाएका छन भने काँग्रेस उम्मेदवार कमल किशोर घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन । यस क्षेत्रमा ५१ हजार ७ सय मतदाता रहेका यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो । दाङ २ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेका पोख्रेल मुख्य मन्त्रीको पक्का भए पछि प्रदेशमा झरेर कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाका लागि ठाउँ छोडिदिएका थिए ।
एमाले स्थानीय समिति सदस्य रहेका पोख्रेल पाटी भित्र वौद्धिक र तार्किक नेताको रुपमा रहेका छन । अर्थशास्त्रबाट स्नाकोत्तर गरेका पोख्रेल यस अघि २०५१ सालमा पनि यहि क्षेत्रबाट संसदमा निर्वाचित भएका थिए भने २०७० सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ४ बाट काग्रेसका जिल्ला स्तरीय नेता बुद्धिराम भण्डारी संय हार बेहोरेका थिए । दाङ दुई नंम्वर क्षेत्रका संघ र दुई बटै प्रदेशमा गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडी छन ।
जिल्लामा ३ (क) बाहेर अन्य सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । जिल्लाको निर्वाचन क्षेत्र ३ (१)मा भने काग्रेस उम्मेदवार डिल्ली बहादुर चौधरीले अग्रता लिएका छन । गठबन्धनका उम्मेदवार भन्दा अहिले सम्म आठ सय मतले चौधरी अघि देखिएका छन ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।