
२३ मंसिर, गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् ।विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनबाट एमालेका खड्ग केसी विजयी भए । केसीले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई ४ हजार ४९२ मतअन्तरले पराजित गरेका छन् ।एमाले उम्मेदवार केसीले १६ हजार एक सय ६५ र कांग्रेस उम्मेदवार पन्थीले ११ हजार ६ सय ७३ मत पाए ।प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (ख) पनि वाम गठबन्धबाट माओवादी उम्मेदवार दिनेश पन्थी विजयी भएका छन् ।पन्थीले निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराई मगरलाई ८ हजार ३६ मत अन्तरले हराए । पन्थीले १७ हजार ६०१ र मगरले ९ हजार ५६४ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।