हेटौँडा,२३ मंसिर
हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत गणनाको अहिले सम्मको नतिजा अनुसार मकवानपुरको क्षेत्र नंबर १ बाट वाम गठवन्धनका एमाले उम्मेद्वार कृष्ण दाहाललले अग्रता कायम रहेको छ । उनले राप्रपाका कमल थापा भन्दा करिब दुई हजार मतले अग्रता हाँसिल गरेका छन् ।
दाहालले आफ्ना प्रतिस्पर्धी राप्रपाका कमल थापा भन्दा १ हजार ८ सय २९ मतले पछि पारेका छन् ।
हालसम्मको परिणाममा दाहालले १८ हजार ८२ मत मत प्राप्त गर्दा थापाले १६ हजार २ सय ५३ मत प्राप्त गर्दै दाहाललाई पच्छाइरहेका छन् । पारम्परिक प्रतिस्पर्धीका रुमा रहेका थापा र दाहालको यो भिडन्तलाई निकै चर्चा र महत्वको साथ हेरिएको छ ।
यस अघि पनि ३ पटक आमने सामने भएका दाहाल र थापा यो पटकको भिडन्त पनि उत्तिकै रोचक बनेको छ । २०४८ र २०५६ को निर्वाचनमा दाहालले थापालाई पराजित गरेका थिए भने २०५१ को मध्यावदीमा थापाले दाहाललाई पराजित गरेका थिए ।
राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापा र दाहालको चुनावी भिडन्तले सुरुबाटैनै राष्ट्रिय रुपमा चर्चा समेत पाईराखेको छ ।