हेटौँडा,२३ मंसिर
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा निर्वाचन क्षेत्र नंबर (क) मा वाम गठवन्धनको तर्फबाट माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी भएकी छिन् ।
आज सम्पन्न मतगणनामा मोक्तानले भारी मतान्तरले लोकतान्त्रिक गठवन्धनको तर्फबाट कांग्रेस उम्मेद्वार यतिराज सापकोटालाई पराजित गरेकी हुन् ।
मोक्तानले २७ हजार २ सय २३ मत प्राप्त गर्दा सापकोटाले १४ हजार १ सय २५ मत प्राप्त गरिन् । उनले १३ हजार ९८ मतले सापकोटालाई पराजित गरेकी हुन् । यो हालसम्म सार्वजनिक मकवानपुरको नतिजामा सबैभन्दा धेरै मतान्तर समेत हो ।