

हेटौँडा,२३ मंसिर
हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मत गणना अन्र्तगत प्रदेशसभाको मत परिणामा आउने क्रम जारी रहेको छ । अबको केहि समयमा मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा –ख), प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा (क) र (ख) को नतिजा सार्वजनिक हुने भएको हो ।
हालसम्म प्राप्त मत परिणामको अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को (ख) वाट वाम गठवन्धनका डोरमणी पौडेलको जित निश्चित भएको छ । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ को प्रदेशसभा (क) बाट वाम उम्मेद्वार माओवादी केन्द्रकी कुमारी मोक्तान तथा (ख) वाट लोकतान्त्रिक गठवन्धनका कांग्रेस उम्मेद्वार इन्द्रबहादुर बाँनीयाको जित निश्चित भएको हो । उनीहरुले जित भएको घोषणा केहि बेरमा हुने जनाईएको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन गरि ६ वटा क्षेत्र रहेको मकवानपुरमा ५ वटा क्षेत्रमा वाम गठवन्धन तथा एक निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठवन्धनको अग्रता कायम छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।