मंसिर २३,काठमाडौंको निर्वाचन क्षेत्र नं ५ का कांग्रेस उम्मेदवार प्रकाशशरण महतले मत गणना बहिष्कार गरेका छन् प्रशासन र वाम गठबन्धनको आडमा निर्वाचन आयोगले आफूहरुको माग सम्बोधन नगरेको भन्दै कांग्रेस उम्मेदवारले मत गणना बहिष्कार गरेका हुन् । ‘मतदान अधिकृतको हस्ताक्षर फरक फरक पाइएकोले मतगणना रोक्न हामीले माग गर्यौ’ मतगणना स्थलबाट बाहिरिँदै पत्रकारसँग महतले भने, ‘निर्वाचन आयोग र विपक्षीले प्रशासन लगाए पेलेर गणना जारी राखेका छन्, त्यही भएर हामीले बहिष्कार गरेका हौं ।’
पाँचवटा बुथमा झरेको मतमा मतदान अधिकृतको फरक/फरक हस्ताक्षर भेटिएको भन्दै शुक्रबारदेखि नै मत गणना रोक्न उनीहरुले माग गरेका थिए । महतले वाम गठबन्धनले अधिनायकवाद देखाउन थालेको समेत आरोप लगाए । काठमाडौं ५ मा वाम गठबन्धनबाट एमालेका महासचिव ईश्वर पोखरेल र कांग्रेसबाट महत उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।