हेटौँडा,२३ मंसिर

हेटौँडामा जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मत गणनाको आज बिहानसम्मको अन्तिम नतिजा अनुसार मकवानपुरको क्षेत्र नंबर १ बाट वाम गठवन्धनका एमाले उम्मेद्वार कृष्ण दाहाललले अग्रता फराकिलो पार्दै लगेका छन् । उनले आफ्ना प्रतिस्पर्धी राप्रपाका कमल थापा भन्दा करिब एक हजार धेरै मत प्राप्त गरेका छन् ।

हालसम्मको परिणाममा दाहालले ११३६९ मत प्राप्त गर्दा थापाले १० हजार ३ सय ३८ मत प्राप्त गर्दै दाहाललाई पच्छाइरहेका छन् । पारम्परिक प्रतिस्पर्धीका रुमा रहेका थापा र दाहालको यो भिडन्तलाई निकै चर्चा र महत्वको साथ हेरिएको छ ।

यस अघि पनि ३ पटक आमने सामने भएका दाहाल र थापा यो पटकको भिडन्त पनि उत्तिकै रोचक बनेको छ । २०४८ र २०५६ को निर्वाचनमा दाहालले थापालाई पराजित गरेका थिए भने २०५१ को मध्यावदीमा थापाले दाहाललाई पराजित गरेका थिए ।

राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापा र दाहालको चुनावी भिडन्तले सुरुबाटैनै राष्ट्रिय रुपमा चर्चा समेत पाईराखेको छ ।