
२३ मंसिर,संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उक्त पार्टीका वरिष्ठ नेता अशोक राई सुनसरी १ मा हारको नजिक रहेका बेला यादवले जित निकालेका हुन् ।
यादवले २१६२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्व वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार उमेश यादवले ११५८० मत प्राप्त गरे । सुनसरीबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका यादवलाई सप्तरीमा कांग्रेसको पनि समर्थन प्राप्त थियो । यादवले क्षेत्र फेर्दा असन्तुष्टि ब्यक्त गर्दै राजपाका उपाध्यक्ष जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ९४५८ मत प्राप्त गरे । फोरमका तर्फबाट यादवले यो चुनावमा पहिलो जित दिलाएका हुन् । उनीसँगै प्रदेश २ मा फोरमका ६ जना उम्मेदवारले विभिन्न क्षेत्रमा अग्रता लिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।