हेटौँडा,२३, मंसिर, हेटौँडामा जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो समय प्राप्त जानकारी अनुसार मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेश(ख) मा इन्द्रबहादुर बाँनीयाले आफ्नो अग्रता फराकिलो पारेका छन् । उनले प्रतिस्पर्धी वाम गठवन्धनका उम्मेद्वार राजाराम स्याङ्तान भन्दा १२ सय ३४ मतले अग्रता हाँसिल गरेका हुन् ।
वाँनीयाले १२ हजार २८ मत प्राप्त गर्दा स्याङ्तानले १० हजार ७ सय ९४ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।