हेटौँडा,२३ मंसिर,
सुरुवाती अग्रता हाँसिल नगरेपनि मकवानपुरको प्रतिनिधि क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (ख) मा वाम उम्मेद्वार डोरमणी पौडेलले रातको १२ बजेबाट आफ्नो अग्रताको सुरुवात गरेका छन् ।
उनले लोकतान्त्रिक गठवन्धनका अशोक शाक्यलाई २ सय ९० मतले पछि पार्दै अग्रता हाँसील गरेका हुन् । रातको १२ बजे खबरब्रेकलाई प्राप्त मतपरिणाम अनुसार पौडेलले ५ हजार ५ सय ९५ मत प्राप्त गर्दा शाक्यले ५ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।
पौडेल र शाक्यको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । यो प्रदेशमा हेटौँडा उपमहानगरपालिकाको १२ वटा वडाहरु समावेश रहेको छ । दुई पटक हेटौँडा नगरको मेयर भैसकेका पौडेलको उम्मेद्वारीले पनि यो क्षेत्र निकै चर्चित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।