हेटौँडा,२३ मंसिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँगको अग्रता फराकिलो बनाएका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभातर्फका उम्मेदवार रहेका ओलीले झण्डै दोब्बर मतले अग्रता बनाएका हुन् ।
ओलीले ६३६९ मत ल्याउँदा नेपाली काँग्रेसका डा। खगेन्द्र अधिकारीले ३१३१ मत ल्याएका छन् ।
उता, शुरुवातमा पछि परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार रहेका प्रचण्डले २०४७ मत ल्याउँदा विक्रम पाण्डेले १३१२ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।