२२ मंसिर,पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।
जस अनुसार प्रतिनिधसभातर्फ ३७ र प्रदेश सभातर्फ ७४ सदस्यमध्ये अधिकांशको प्रारम्भिक परिणाम आउने क्रम जारी छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच नै प्रतिस्पर्धा भएको छ ।
बिहीबार राति पौन १२ बजेसम्मको परिणाम अनुसार प्रतिनिधसभा तर्फ बाम गठबन्धनले अग्रता लिएको छ । जसमा बाम २३, कांग्रेस ३ राप्रपा प्रजातान्त्रिक १ र स्वतन्त्र १ छन् । मुगु, मुस्ताङ, मनाङ, ताप्लेजुङ, रुकुम, जाजरकोट, म्याग्दी जाजरकोट लगायतका जिल्लामा बाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । त्यस्तै रसुवा , लमजुङ, दार्चुला लगायतका जिल्लामा कांग्रेसले अग्रता लिएको छ ।