मंसिर २२, ‘बुथ कब्जा’ को विषमा बार्ता हुँदाहुँदै स्याङ्जामा बाम गठबन्धन र नेपाली कांग्रेसबीच झड्प भएको छ । झडपका क्रममा बाम गठबन्धनका कार्यकर्ताले सहायक निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठलाई हातपात गरेसँगै स्थिति नियन्त्रणमा लिनका लागी लाठीचार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख (एसपी) प्रदिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काङ्ग्रेसले सेखाम, मल्याङकोट लगायतका पाँच स्थानमा बुथ कब्जा गरेका भन्दै बाम गठबन्धनले पुनः मदतानको माग गर्दै आएको थियो । शुक्रवार सोही विषयमा प्रशासनको रोहबरमा बार्ता भएपनि वार्ता निष्कर्षमा पुग्न नसकेपछि गठबन्धनका कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालय तोडफोडमा उत्रिएका एसपी श्रेष्ठले बताए ।उनले भने, ‘स्थि िनियन्त्रणमा लिनका लाठीचार्ज गरिएको छ, अहिले सदरमुकाम र तीन किलोमिटर आसपसको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।’स्याङ्जा–२ मा नेपाली काङ्ग्रेसका गोपालमान श्रेष्ठ र बाम गठबन्धनका तर्फबाट एमाले नेतृ पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् ।