हेटौँडा,२२ मंसिर,
निकै चर्चामा रहेको झापा जिल्लाको क्षेत्र नंबर ३ मा वाम गठवन्धनले सहयोग गरेका राप्रपाका उम्मेद्वार राजेन्द्रकुमार लिङ्देनको अग्रता फराकिलो बन्दै गएको छ । ताजा मत गणना अनुसार राप्रपाका लिङ्देनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई करिब एक हजार मतले पछि पारेका छन् ।
लोकतान्त्रिक गठवन्धनबाट अलग भएर लिङ्देन र सिटौलाले उम्मेद्वारी दिएपछि लिङ्देनलाई एमाले तथा माओवादी केन्द्रको वाम गठवन्धनले सहयोग गरेको थियो ।