मंसिर २२,कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेश सभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले हराएका छन् । विजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् ।
एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । औपचारिक घोषणा हुन बाँकी रहेपनि कांग्रेसका घले निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत मनाङ स्रोतले बताएको छ । मुख्य निर्वाचन अधिकृत दीपक ढकालसँग सम्पर्क हुन नसकेपनि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले घले निर्वाचित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।