हेटौँडा,२२ मंसिर,
हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना आज १० बजेपछि हुने भएको छ । मत गणनाको लागि अहिले मकवानपुरमा सर्वदलीय बैठक सुरु भएको छ ।
सर्वदलीय बैठक लगतै मतगणनाको कार्यपनि सुरु हुने जनाइएको छ । मकवानपुर बहुमुखि क्याम्पसमा मत गणना हुँदैछ ।
गएराती २ बजेसम्ममा सबै मतपेटी मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याइसकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । मकवानपुरमा दुई वटा प्रतिनिधिसभा तथा ४ वटा प्रदेशसभाको लागि ६८ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए ।
मतगणनालाई चाँडोभन्दा चाँडो सक्नेगरि तयारी भैरहेको कार्यालयले जनाएको छ । एकैपटक प्रतिनिधि तथा प्रदेशसभाको मतगणना हुने बताइएको छ । मकवानपुरमा हिजो भएको मतदान शान्तिपूर्ण भएको र मतगणना पनि निकै शान्ति र मर्यादित बनाउनको लागि कार्यालयले सबैमा आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।