

मंसिर २२ ,मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी जिल्लाको मत परिणाम सार्वजनिक हुन थालेको छ ,पछिल्लो विवरणअनुसार प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दुईजना र नेकपा माओवादी केन्द्रका एकजना विजयी भएका छन् ,प्रदेशसभा सदस्यमा भने नेकपा एमालेका ३, माओवादी केन्द्रका २, नेपाली कांग्रेसका १ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन निर्वाचित भएका छन् । तुलाचन ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गरे ।प्रदेशसभा सदस्यमा मुस्ताङ ९क० बाट नेकपा एमालेका इन्द्रधारा विष्ट ११६७ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी मनाङमा पनि प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ निर्वाचित भएका छन् । उनले २ हजार ३ सय मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले २ हजार २१ मत प्राप्त गरे ।
प्रदेशसभा सदस्यमा मनाङ क बाट नेपाली कांग्रेसका चिन्तबहादुर घले ९ सय ९८ मत ल्याएर विजयी भएका छन् भने मनाङ ख बाट स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे भनिने राजीव गुरुङ १४१० मतका साथ विजयी भएका छन् ,यसैगरी रुकुम पूर्वको प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
यसैगरी रुकुम पूर्वको प्रदेशसभा सदस्य ९क० निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका छन् । उनले ५ हजार ४ सय २७ मत प्राप्त गरी विजयी भएका हुन् ।रुकुम पूर्व ख मा माओवादी केन्द्रकै पूर्णबहादुर घर्ती ५८१६ मत ल्याएर विजयी भएका छन् ।
डोल्पा प्रदेशसभा ९क० मा नेकपा एमालेका नन्दसिंह बुढा ५४९० मत ल्याएर विजयी भएका छन् ।हालसम्म जारी मत गणनामा अधिकांश स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारले १८ स्थानमा अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले १३ स्थानमा अग्रता लिएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले ३ स्थानमा अग्रता लिएको छ ।प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।