![](https://www.khabarbreak.com/wp-content/uploads/2017/12/sport-640x362-1.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2017/12/sport-640x362-1.jpg)
मंसिर २२ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाल युएईसँग पराजित भएको छ ।अबुधाबीको शेख जायद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल ६३ रनले पराजित भयो ।१९६ रनको चुनौती पछ्याएको नेपालले ४२ ओभर २ बल क्रिजमा टिकेर १३२ रनमात्र बनाउन सक्यो ।
ज्ञानेन्द्र मल्लले ४२ रन बनाएको इनिङ्समा चार नेपाली खेलाडीले अंकको खातासमेत खोल्न सकेनन् ।यसअघि, पहिले ब्याटिङ गरेको युएईले अद्दान मुफ्तीको १०४ रनको मद्दतले ४९ ओभर २ बलमा अलआउट हुनुपूर्व १९५ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २७ रन खर्चेर ५ विकेट लिए ।
बुधबार भएको पहिलो खेलमा युएईसँग ७ विकेटले पराजित भएको थियो ।यसअघि नै च्याम्पियनसिपबाट दोस्रो डिभिजनमा झरिसकेका नेपाल र युएई दुवै टोलीका लागि अन्तिम चरणका खेलहरु केवल प्रतिष्ठाको लडाइँमात्रै बनेको थियो ।डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरीमा नामिबियामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।