नुवाकोट, मंसिर २२ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नुवाकोटमा वामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् ।
बिहीबार साँझबाट सुरु भएको मतगणनाको शुक्रबार बिहान ६ बजेसम्मको परिणाममा प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतको साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा तीन हजार ७० मतको साथ अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले एक हजार ९७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिृकत लोकजङ्ग शाहले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ जस्तै प्रदेशसभातर्फ पनि बामगठबन्धका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को (क) तर्फ माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ एक हजार ५२५ मतको साथ अग्रस्थानमा रहँदा कांग्रेसका उम्मेदवार महेन्द्र थिङले एक हजार ४१ मत प्राप्त गरेका छन् ।
प्रदेश (ख) तर्फ एमालेका बद्री मैनालीले एक हजार ७३९ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार ११९ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा एमालेका उम्मेदवार केशवराज पाण्डेले एक हजार ९४८ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले एक हजार ३३४ मत प्राप्त गरेका छन् ।
प्रदेश (ख) तर्फ माओवादी केन्द्रका उम्मेदवार हिरानाथ खतिवडा एक हजार ५२६ मत ल्याएर अग्रस्थानमा छन् भने कांग्रेसका उम्मेदवार जगतबहादुर तामाङले एक हजार ३८८ मत प्राप्त गरेका छन् ।
नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल ६ पदका लागि ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मंसिर १० गते भएको निर्वाचनमा एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । अन्तिम नतिजा आउन तीन दिन लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।