२२ मंसिर,नुवाकोटको दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा  वाम गठबन्धनले अग्रता लिएको छ । मतगणना जारी रहेको अवस्थामा  क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ३३३६ मत ल्याएका छन् भने  कांग्रेसका रामशरण महतले २८८३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडाले ३०७० मत ल्याउँदा   कांग्रेसका अर्जुन नरसिंह केसीले १९७० मत ल्याएका छन् ।