मंसिर २२,प्रधानमन्त्री शेर बहादुर देउवाले संघ र प्रदेशको निर्वाचन   सम्पन्न  भएसँगै नेवपालको संघीय लोकतान्त्रिक गण्तन्त्रलाई सुनिश्चित भएको बताएका छन् ।निर्वाचन सम्पन्न भएपछि देउवाद्धारा जारी विज्ञप्तिमा  मतदाता, निर्वाचन आयोग, सुरक्षाकर्मी सबैलाई धन्यवाद दिँदै अब देशमा राजनीतिक अस्थिरताको युग अन्त्य भएको उल्लेख गरेका छन् ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीले संविधान जारी भएपछिको सम्पन्न निर्वाचनमा मतदाताले देखाएको उत्साहप्रति आधार प्रकट गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।ओलीद्धारा जारी वक्तव्यमा अब राजनीतिक संक्रमणकाल अन्त्य हुने र राष्ट्रिय एकता स्थिरता र विकास एवं समृद्धिको नयाँ युग सुरु हुने बताएका छन् ।