२२ मंसिर, धादिङ –

धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत विजयी भएका छन् ।

बामगठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६ सय ८५ मतान्तरले फरक पार्दै विजयी भएका हुन् । पाण्डेका निकटतम प्रतिद्धन्द्धि मधुकुमार श्रेष्ठले १३ हजार ६ सय ४७ मत ल्याए । कुल ४३ हजार ५ सय ६४ मत खसेको थियो ।

मतपरिणामको मुख्य निर्वाचन अधिकृतले घोषणा गर्न बाँकी छ ।