दोलखा, मंसिर २२,निर्वाचनको मतगणनातर्फ सबैको ध्यान केन्द्रीत भइरहेको समयमा दोलखामा शुक्रबार बिहान भूकम्प गएको छ ।सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर बिहान ८ः३६ को समयमा भूकम्प गएको हो । ५।२ म्याग्निच्यूडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।भूकम्पको धक्का गएलगत्तै दोलखामा केहीबेर मतगणनासमेत रोकिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले अढाइ वर्ष अघि गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्पको शृंखलास्वरुप शुक्रबार दोलखामा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।