हेटौँडा,२२ मंसिर
सुरुवाती अग्रता हाँसिल नगरेपनि मकवानपुरको प्रतिनिधि क्षेत्र नंबर १ मा वाम गठवन्धनको तर्फबाट एमालेका उम्मेद्वार कृष्ण प्रसाद दाहालले राप्रपा अध्यक्ष कमल थापासँगको अग्रता जारी राखेका छन् ।
ताजा मत परिणामा दाहालले ६४८० मत प्राप्त गर्दा थापाले ६३०३ मत मात्र प्राप्त गरेका छन् ।
लोकतान्त्रिक गठवन्धनको तर्फबाट उम्मेद्वार बनेको उपप्रधानमन्त्री समेत रहेका थापा राप्रपाका केन्द्रीय अध्यक्ष पनि हुन् । उनले यसअघि भएको आम निर्वाचन २०४८ साल र २०५६ सालमा कृष्ण दाहालसँगै पराजय बेहोर्नुपरेको थियो भने २०५१ सालमा भएको मध्यावदी निर्वाचनमा कृष्ण दाहाललाईनै पराजित गरेका थिए ।
यो पटक दाहाल ह्याट्रि गर्ने दाउमा छन भने थापा बराबरी गर्ने दाउमा रहेको छन् ।