तस्वीर गुगल

२२ मंसिर,एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गरेको घोषणाको विरुद्धमा आन्दोलन सुरु भएको छ ।  प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास आन्दोलन समूहद्वारा विहीबार उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न नै आह्वान गरेको थियो ।

हमासका नेताले बिहीबारमात्र गाजामा आन्दोलनको घोषणा गरेका थिए । सोही बमोजिम इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूताबासको अगाडि हजारौँको संख्यामा उपस्थित भएर विरोध गरेका बताइएको थियो ।

आम विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउनका लागि विरोध गर्न उनीहरुले आह्वान गरेका थिए ।  उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसागर्दै उनले जेरुसलेमको इतिहासको सम्मान गरेको बताएका छन्।

उनले अमेरिकी राष्ट्रपतिको बुधबार घोषणा गरिएको कदमलाई “ऐतिहासिक” भनी प्रशंसा गरेका छन् । तर अमेरिकी राष्ट्रपतिको निर्णयप्रति बेलायत, फ्रान्स, साउदी अरब लगायतका अमेरिकाका पुराना मित्रहरुले भने विरोध गरेका छन् । इस्लामिक समूहका हजारौँ नागरिकले अरुतिर पनि अमेरिकाको उक्त निर्णयको व्यापक मात्रामा विरोध गरेका समाचारहरु प्राप्त भएका छन् ।