हेटौँडा,२१ मंसिर
आज भैरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १२ बजेसम्म ३० प्रतिशत मात्र मतदान भएको छ । मुख्य निर्वाचन कार्यालय हेटौँडाका प्रवक्ता अनन्त मरासिनिले खबरब्रेकलाई प्रतिक्रिया दिँदै हालसम्म ३५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी आएको जनाए ।
मकवानपुरको निर्वाचन शान्तिपूर्ण ढंगले भैरहेको समेत कार्यालयले जनाएको छ । मतदानको अवस्था हेर्दा मकवानपुरमा ६० प्रतिशत मात्र मतदान हुनसक्ने अनुमान गर्न सकिन्छ । मतदात केन्द्रहरुमा स्थानीय तहजस्तो भिड देखिएको छैन् ।